बालमैत्री शिक्षण सिकाई सम्बन्धी प्रशिक्षक प्रशिक्षण तामिल सम्पन्न

डोटी- बालमैत्री शिक्षण सिकाई सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । बोगटान फुड्सिल गाउँपालिका र समान पहुँच विकास केन्द्र सिड नेपालको संयुक्त आयोजनामा दिपायलमा सञ्चालन भएको तालिम सम्पन्न भएको हो ।

सिड नेपाल मार्फत बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालित बालबालिका उत्थानशील परियोजना अन्तरगत क्रियाकलापमा आधारित बालमैत्री शिक्षण शिक्षण सिकाइ सम्बन्धी तेस्रो चरणको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

Navadurga sun

बोगटान फुड्सिल गाउँपालिकाका ४१ विद्यालयका शिक्षक सहभागी रहेको उक्त तालिममा विद्यालयमा बालमैत्री सिकाइ गर्नका लागी सहजता हुने विधि सिकाइएको थियो । प्रशिक्षक तालिम प्राप्त गरेका शिक्षकहरूले आफ्नो विद्यालयमा कार्यरत शिक्षकहरूलाई तिन दिनको तालिम प्रदान गर्ने छन् ।

तालिमका लागी यूएमएन डोटी कलष्टरको सहयोगमा सिड नेपाल मार्फत सञ्चालित बालबालिका उत्थानशील परियोजना र बोगटान फुड्सिल गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन गरिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...