दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी

Purbadhar dadeldhura
Malpot office dadeldhura

दार्चुला- दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ । जिल्लाको मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा बिजुलीको तार सर्ट भएर शुक्रवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए ।

आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको उनले बताए । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...