कैलालीको गौरीगंगा नगरपालिकामा एक बालिका मृत फेला

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन् । उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा सोही झुलामा लट्पटिएर घाटीमा पर्न गएको अवस्थामा फेला परेकी थिइन।

Navadurga sun
Godawari sandesh

शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन। सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Couple
Loading...