डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउँदै

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ। परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो ।

Ganyapdhura gau

त्यसका लागि चिकित्सक सहितका स्वास्थ्यकर्मी खटिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए। जोशीका अनुसार मंगलबार देखि परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो । त्यसका लागि चिकित्सक सहितका स्वास्थ्यकर्मी खटिएका छन्। विद्यार्थीको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका रोगबारे अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक उपचार गर्ने उद्देश्य सहित स्वास्थ्य परीक्षण गर्दै विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यक्रम परशुराम नगरपालिकाकाले सुरु गरेको हो।

Navadurga sun
Godawari sandesh

‘विद्यालयका बालबालिकाहरूको सामान्य स्वास्थ्य समस्या, आधारभुत सरसफाई र पोषणको अवस्था पत्ता लगाउन र स्वस्थ रहने सामाजिक व्यवहारको सिकाइका साथै शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रुपमा सक्षम बनाउनका लागि परशुराम नगरपालिकाकाले विद्यार्थीको प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छं,’ मेयर जोशीले भने, ‘भविष्यका कर्णधारहरुको स्वास्थ्यलाई स्वस्थ राखी शारीरिक, मानसिक रुपमा स्वस्छ र सबल जनशक्तिको निर्माण गर्नु स्वास्थ्य परीक्षण कार्यक्रम मुख्य लक्ष्य रहेको छ ।’

Dadeldhura hospital

स्वास्थ्य परीक्षण कार्यक्रमबाट विद्यार्थीको आवश्यक जानकारी संकलन पनि भइरहेको मेयर जोशीले बताए । विद्यार्थीहरूको विवरणहरू जस्तै नाम, उमेर, लिङ्ग, कक्षा, शारीरिक परीक्षण, व्यक्तिगत स्वच्छता, एन्थ्रोपोमेट्री, क्लिनिकल इतिहास र अस्थायी निदान जस्ता तथ्याङ्क सङ्कलन कार्य भइरहेका मेयर जोशीले बताए ।

मेयर जोशीका अनुसार विद्यार्थीको स्वास्थ्य समस्याहरू पहिचान गर्दै सम्बोधन गर्ने उद्देश्यले विद्यार्थीहरुको स्वास्थ्य प्रोफाइल निर्माण गर्ने मुख्य उद्देश्य छ । ‘सम्पूर्ण विद्यार्थीको स्वास्थ्य परीक्षण भइसकेपछि परशुराम नगरपालिकाले अनलाइन मार्फत नै ती विद्यार्थीले आफ्नो स्वास्थ्य अवस्था हेर्न पाउने गरी प्रोफाइल तयार हुने छ,’ मेयर जोशीले भने ।

मेयर जोशीले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए उपचारमा पनि परशुराम नगरपालिकाले सहयोग गर्ने बताए । ‘बालबालिकाहरूलाई स्वास्थ्य सम्बन्धी ज्ञान दिलाउन, समग्र सामुदायिक स्वास्थ्यलाई बढावा दिन, भविष्यका पुस्ताहरूको स्वास्थ्यको लागि आधारशिलाको रूपमा स्वास्थ्य प्रोफाइल निर्माण कार्यक्रमले काम गर्दछ,’ जोशीले भने, ‘ भविष्यमा समेत आउन सक्ने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने अपेक्षा गरेका छौं ।’

सिद्धनाथ माविबाट सुरु भएको स्वास्थ्य प्रोफाइल निर्माणको कार्य परशुराम नगरपालिकाका सम्पूर्ण विद्यालयमा चल्ने नगरपालिकाकाले जनाएको छ । नगरपालिकाको कूल जनसंख्याको लगभग ३४‍.३ प्रतिशत जनसंख्या १४ वर्ष भन्दा कम उमेरका ब्यक्तिहरुको छ । स्वास्थ्य प्रोफाइल निर्माण गर्ने कार्यक्रमले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र समयमै स्वास्थ्य शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी परशुराम नगरपालिकाको छ । विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य प्रोफाइल निर्माणले सामुदायिक स्वास्थ्यको महत्वपूर्ण पक्ष, स्वास्थ्य शिक्षा, स्वास्थ्य–मैत्री वातावरण कायम राख्न र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै विद्यार्थीहरुको स्वास्थ्य प्रोफाइल निर्माण कार्यक्रमले विद्यार्थीको पोषण स्तरमा सुधारमा दिगो प्रभाव पार्ने, बालबालिकाको समग्र विकास सुनिश्चित गर्ने, स्वस्थ र समृद्ध समुदायलाई बढावा दिने तथा विद्यार्थीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रबलता ल्याई शैंक्षिक गुणस्तरमा सुधार हुने दाबी नगरपालिकाको छ । नगरपालिकाकाले प्रत्येक ६ महिनामा विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

Couple
Loading...