कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित तीन जना पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । बुधबार प्रहरीले विभीन्न क्षेत्रबाट लागूऔषध सहित तीन जना पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम लागूऔषध सहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

udhok dadeldhura

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागूऔषध सहित गोदावरी र बैतडीका युवक पक्राउ परेका छन् । पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम लागूऔषध सहित भारतको बसहीबाट नेपाल तर्फ आउदै गरेको कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम लागूऔषध सहित भारतबाट नेपाल तर्फ आउदै गरेको बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधवार साँझ पक्राउ गरेको हो ।

यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...