दार्चुलामा सहकारीको रकम कोठाबाटै चोरी

दार्चुला- दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ । सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जुको कोठाबाट सहकारीमा जम्मा गर्नु पर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन् ।

केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलन कर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ । उनका अनुसार सहकारीमा जम्मा गर्नु पर्ने १ लाख १७ हजार रुपैयाँ मध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकम मध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको मन्जु भट्टले बताइन् ।

पैसा चोरी भएको कोठाको चाबी ताल्चा तोडिएको छैन् । पैसा चोरी भएको बारे प्रहरीमा निवेदन दिइसकेको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...