कैलाली प्रहरी प्रमुखमा विष्टले गरे पदभार ग्रहण

Purbadhar dadeldhura

धनगढी- जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रमुख फेरिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा पदम बहादुर विष्ट हाजिर भएका छन्। प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पाल कार्यालयबाट बिदा भएसँग विष्टले सोमवार जिल्ला प्रहरी, कैलालीको प्रमुखमा पदभार ग्रहण गरेका हुन् ।

Malpot office dadeldhura

पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा काज सरुवा भएका छन् । पाल आइतवार गणमा सरुवा भएर गएका थिए । विष्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारीमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक कुलदिप चन्द सहित प्रहरी कर्मचारीहरूले विष्टको स्वागत गरेका छन् । यस्तै एसपी बिष्टले कार्यालयको निरीक्षण एवं मातहत कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...