एमाले कैलालीको अधिवेशन शुरु, अध्यक्ष ओलीद्वारा उद्घाटन

मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुस् : अध्यक्ष ओली

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबार देखि सुरु भएको छ । अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गरेका हुन ।

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा आयोजित अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मिसन ८४ लाई सफल पार्ने नेतृत्व छनौट गर्न निर्देशन दिनु भएको छ । गुटबन्दी, अराजकता, अनुशासनहीनता पार्टी नचल्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए ।

आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधि विधान तरिका मिचेर पार्टी सङ्गठन बलियो नहुने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नीति र विधि पालना गर्न निर्देशन दिएका हुन् ।

Malpot office dadeldhura

अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्छ बताएका छन् । उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिए । उनले भने, “सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जितलाई सहर्ष स्विकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा छोड्न राम्रो हो ।”

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको टिप्पणी गरेका छन् । उनले भने, “म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिका स्तरमा अस्पताल निर्माण शिलान्यास भएको थियो । ती योजना अलपत्र छन् ।”

अध्यक्ष ओलीले भने, “चुनाव देखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन नेकपा (एमाले) लागिपरेको छ । अध्यक्ष ओलीले भने, “हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”

एमाले कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम समापनलगतै सोमबार नयाँ नेतृत्व चयन गरिने छ । जिल्ला अध्यक्षका लागि तीनजना उम्मेदवारको नाम चर्चामा रहेको छ । अध्यक्ष पदका लागि दुर्गादत्त जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले उम्मेदवारी दिने चर्चा रहेको एमाले कैलालीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...