नगर शिक्षकको परीक्षा लिइने भन्ने बिषयलाई लिएर सम्बन्धित व्यक्तिहरुसंग अन्तक्रिया कार्यक्रम

अत्तरिया- नगर शिक्षकको परीक्षा लिइने भन्ने विषयलाई लिएर नगर शिक्षक तथा स्थानीय शिक्षा समिति सदस्यहरुसंग (सम्बन्धित व्यक्तिहरुसंग)  अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर शिक्षक समिति गोदावरीले शनिबार प्रतिभा पुस्तकालय अत्तरियाको सभाहलमा शिक्षकहरुका हकहित र अधिकार तथा नगरपालिकाले गोदावरी नगरपालिका क्षेत्रमा रहेका नगर शिक्षकहरुको परिक्षा लिने भन्ने बिषयका लागी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

Ganyapdhura gau

गोदावरी नगर शिक्षक समितिका अध्यक्ष तपराज ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी शिक्षा समिति सदस्य तथा पूर्व क्याम्पस प्रमुख डाक्टर डम्बर पाल रहेका थिए ।

Navadurga sun
Godawari sandesh

गोदावरी शिक्षा समितिका सदस्य प्रमुख अतिथि पालले शिक्षकहरुलाई स्थायी गर्ने हो भने नगरपालिकाले परिक्षाको ब्यवस्था गर्नु राम्रो हो नत्र एक चोटि प्रकृयागत रुपमा नियुक्त गरेका शिक्षकहरुलाई परिक्षा लिनु हुदैन । हामिहरुले प्रत्येक बिद्यालय पुगेर अध्ययन गरी त्याहाँको अबस्था बुझेका छौँ। मेयरले कसैलाइ काखा कसैलाई पाखा गरेका छैनन । नगर शिक्षक कार्य बिधि २०७८ को पनि संसोधन गरिनुपर्छ । सबै शिक्षकहरुले शिक्षकको मर्यादा अनुरुप काम गर्नु पर्छ । शिक्षा क्षेत्रको सुधार कसरी गर्न सकिन्छ हामिहरुले सोच्ने कोसिस गर्नुपर्छ । शिक्षकहरुले आफ्नो पेशा बचाउन सक्ने गरि सबैले एकजुट हुनुपर्ने बताए ।

Dadeldhura hospital

नगरपालिकाको कार्यक्रममा स्थानीय शिक्षक सेवा आयोग हो भने हामि सबैले यस्तो परिक्षाको स्वागत गर्नु पर्छ । नगर शिक्षक समिति संघर्ष समय जस्तै बनेको छ । नियुक्ति दिएका शिक्षकहरुलाई परिक्षा लिएर कसैले पनि हटाउन सक्दैन । सबै विद्यालयमा दरबन्दी मिलान गरेर पठनपाठन सहज बनाउनु पर्ने बताए ।

बिशिष्ट अतिथिहरुमा गोदावरी शिक्षा समितिका सदस्य दिर्घ राज भट्ट र पुर्व स्रोत ब्यक्ति तथा दरबन्दी मिलान कार्यदलका सदस्य भिम बहादुर बोलायर रहनु भएको थियो । गोदावरी नगर शिक्षकका सह सचिब कृष्ण बहादुर बि.क.ले स्वागत मन्तव्य राख्दै नगरपालिकाले नगर शिक्षकहरुलाई परिक्षा दिनु पर्ने भन्ने हल्ला सुनेकाले यस्तो कार्यक्रमको बिरोध हामिहरुले गरेका छौ र बिरोध गर्ने छौ । ‘नगर शिक्षकहरुको संचय कोष बनाउनु पर्ने हाम्रो माग छ ।’ उनले भने, ‘हामिले आस्वासन पनि पाएका थियौं तर त्यो आस्वासन मै सिमित भयो ।’

गोदावरी नगरपालिका दरबन्दी मिलान कार्यदल सदस्य तथा पूर्व स्रोत ब्यक्ति भिम बहादुर बलायरले परिक्षा लिने नलिने अहिले फिक्स नभएकोले नडराइ आफ्नो पेशाको लागी आफै तयार हुनु पर्ने छ नगरपालिकाले राम्रै निति बनाउने छ । शिक्षा क्षेत्रमा राजनीति गर्नु हुदैंन । आफ्नो पार्टीको शिक्षकहरुलाई मात्र केन्द्रबिन्दु बनाउने परिपाटी हटनु पर्छ । तलब कम र काम धेरै गर्नु पर्ने शिक्षकहरुका समस्या हुन । कर्मचारीहरुलाई बाइक, तेल हाल्ने रकम दिइरहेका हुन्छन् भने शिक्षकहरु किन पाउदैनन नगरपालिकाका कर्मचारीहरुले, नेताहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालयहरुमा पढाई रहेका छन सार्वजनिक विद्यालयहरूमा किन पढाउदैनन सबैले यस बिषयमा सोच्नुपर्ने बताए ।

कार्यक्रममा कणर् सावद, दिर्घराज अवस्थि, लक्ष्मी राज ओझा, युबराज जोशी, खडक स्वार, कृष्ण बि.क., भिम बहादुर बलायर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्र शर्मा, गोदावरी नगरपालिका शिक्षक संघका अध्यक्ष पुस्कर राज भट्ट, गोदावरी नगरपालिका शिक्षा समिति सदस्य दिर्घ राज भट्ट, डम्बर पाल, तप राज ओझा आदि बक्ताहरुले बोलेका कार्यक्रमको संचालन नगर शिक्षक समिति सचिव नवराज जोशीले गरेका थिए ।

Couple
Loading...