धनगढीको ग्यालेक्सी कलेजमा विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- धनगढीको ग्यालेक्सी मल्टिपल कलेजमा (भोलि) शनिबार ग्यालेक्सी बिजनेस हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेजको आयोजनामा कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरुको सहभागिता हुने गरि प्रथम ग्यालेक्सी बिजनेस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने भएको हो । ग्यालेक्सी कलेजले पहिलो पटक आयोजना गर्न गइरहेको बिजनेस हाजिरीजवाफ प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका विभिन्न माध्यामिक विद्यालयको सहभागिता रहने जनाइएको छ ।

Malpot office dadeldhura

बिजनेस हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद रु ७ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । भने द्धितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई क्रमश ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिने छ । हाजिरीजवाफ प्रतियोगितामा सहभागिताका लागि १ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

व्यवस्थापन संकाय प्रति विद्यार्थीहरुको रुचि बढाउन, व्यवसाय र व्यापार प्रति विद्यार्थीलाई अभिप्रेरित गर्न र माध्यामिक तहको अन्तिम परीक्षामा सहयोग होस् भन्ने उद्देश्यले ग्यालेक्सी बिजनेस हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको ग्यालेक्सी मल्टिपल कलेजका प्रमुख जे.डी भट्टले बताए । विद्यालयहरु वीच प्रतिस्पर्धा गराई विद्यार्थीलाई पढाइप्रति आर्कषित गर्न र सकरात्मक प्रतिस्पर्धाको भावना विकास गराउन हरेक बर्ष ग्यालेक्सी बिजनेस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने प्रमुख भट्टले बताए ।

यस बर्ष पहिलो पटक भएकाले धनगढी उपमहानगरपालिका भित्रका विद्यालयलाई मात्र सहभागि गराएकोमा अर्को बर्षबाट कैलाली र कंचनपुर का विद्यालयलाई सहभागि गराएर प्रभावकारी रुपमा अगाडी बढाउने योजना रहेको प्रमुख भट्टले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि विस २०७९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा स्थापना भएको ग्यालेक्सी मल्टिपल कलेजमा व्यवस्थापन संकायको बिबिएस कार्यक्रम संचालन भइरहेको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानको साथै टेक्निकल सिपहरु सिकाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको उद्देश्य रहेको बताइएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...