महासचिव भट्ट द्वारा जन्मदिनको अवशरमा फलफुल वितरण

धनगढी- राष्ट्रिय दोभाषे महासंघका महासचिव मौसम भट्टले जन्मदिनको अवशरमा सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । लामो समय देखी अपागंताका क्षेत्रमा काम गर्दै आएका महासचिव भट्टले जन्मदिनको अवशर पारी बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

Dadeldhura hospital

कुनै न कुनै अवशर पारेर सामान्य भएपनि सहयोग गर्न रुचाउँछु भट्टले भने “यस पटकको जन्मदिनमा सेती अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको हुँ, धेरै सहयोग गर्न नसकेपनि सामान्य फलफुल वितरण गरेको छु, सानै भएपनि सेवा गर्न पाउँदा मन प्रफुल्ल हुन्छ त्यही कारण बिहीबार सेतीमा पुगेको हुँ ।”

Navadurga sun
Godawari sandesh

जन्मदिनलाई धुमधाम संग मनाएर खर्च गर्नु भन्दा त्यो पैँसाले बिरामी तथा अशक्तहरुलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ । भट्ट दारी ग्याङ लगायतका बिभिन्न सामाजिक संस्थामा आवद्ध छन् । परेको खण्डमा सहयोगका लागी उनि सधैँ तयार रहन्छन् ।

Loading...