कैलालीबाट एक युवती सहित तीन जना पक्राउ

धनगढी- कैलालीबाट एक युवतीसहित दुई युवक लागूऔषध सहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं.१ भरतपुरबाट ३ ग्राम ४१० मिलिग्राम लागूऔषध सहित सोही ठाँउ बस्ने १९ वर्षीय रमेश बडैला सोमवार पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बडैलाको घरबाटै उनलाई पक्राउ गरेको बताएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नं.४ तुल्सी राम मा.वि. नजिकबाट २ ग्राम लागू औषध सहित सोही ठाँउ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया की सिर्जना चौधरी सोमवार दिउँसो पक्राउ परेका हुन् । अस्थाई प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएके छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...