‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक युवती पक्राउ

Bhancha ghar0

बैतडी- ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने बैतडीकी एक युवती पक्राउ परेकी छिन् । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा पक्राउ पर्ने बैतडी पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिला कुमारी साउद रहेकी छिन् । आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत्त थानकोटले आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएको जनाएको छ । काठमाडौँ महानगरपालिका-१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए । उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन् । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

Loading...