Satyawati
Division ban Pahalmanpur

डोटीमा काठ चोरेर लग्दै गरेको अवस्थामा ट्याक्टर सहित दुई जना पक्राउ

Purbadhar dadeldhura

डोटी- डोटीमा काठ चोरेर लग्दै गरेको अवस्थामा ट्याक्टर सहित दुई जना पक्राउ परेका छन् । डोटीको पुर्बिचौकी गाउँपालिकामा काठ चोरी गरिरहेको अवस्थामा ट्याक्टर सहित २ जना पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ रानीढुंगा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडे खोलामा पर्ने वनबाट पक्राउ गरिएको हो ।

एक ट्याक्टर उतिस जातको काठ चोरी तस्करी गर्दै गरेको अवस्थामा निकुञ्जको सुरक्षार्थ खटिएको सिंह शार्दूल गुल्म र निकुञ्जको टोलीले मङ्गलवार ६ बजे ट्याक्टर सहित २ जनालाई पक्राउ गरेको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...