Satyawati
Division ban Pahalmanpur

कैलालीको मोहन्यालमा ‘जनयुद्ध दिवस’मा स्थानीय बिदा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निणर्य खारेज गर्दा पनि कैलालीको मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा स्थानीय बिदा दिएको छ ।

Malpot office dadeldhura

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूणर् कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन्। उपाध्याय माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

यस अघि सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निणर्य खारेज गरेको थियो । १ फागुनमा सशस्त्र द्वन्द्व सुरु भएको मितिलाई स्मरण गर्दै गत वर्ष मन्त्रिपरिषद्ले उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने र बिदा दिने निणर्य गरेको थियो । गत वर्ष २९ माघमा सरकारले गरेको यस निणर्यविरुद्ध रिटहरू दायर भएका थिए । द्वन्द्वपीडितहरूले यस बिदाले आफूहरूको भावनामा चोट पुगेको दाबी गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...