कञ्चनपुर- कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो ।
विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाईते भएका विष्टको उपचारकाक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।