बैतडी- बैतडीको एक बङ्गुर खोरमा आगलागी भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सान्नका नरि सुतारको बङ्गुरको खोरमा आगलागी भएको हो ।
सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा शुक्रवार राति आगो लागेको हो । खोरमा आगो लागेपछि ११ वटा बङ्गुर मरेका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।