कैलारी गाउँपालिकामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा डिजिटल शान्ति सङ्ग्रहालय स्थापना गरिएको छ। पालिकाको वडा नम्बर–६ वनकट्टामा जर्मन सरकारको केयू आरभीई कूर्भे उइस्ठ्रोको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूह द्वारा सञ्चालित सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजना अन्तरगत सङ्ग्रहालय स्थापना गरिएको हो।

भवनसहित ९ लाखको लागतमा सङ्ग्रहालय सञ्चालनमा आएको जनाइएको छ । परियोजनाका सुदूरपश्चिम प्रदेश अधिकृत वेद अवस्थीका अनुसार सशस्त्र द्वन्द्व कालमा मारिएको आफन्तजनहरूको स्मरणमा शान्ति सङ्ग्रहालय स्थापना गरिएको हो । पालिका स्तरीय सो सङ्ग्रहालयमा कैलारी गाउँपालिकाका ७८ जनासहित कैलालीका ५ सय ५२ जना पीडितहरूको तथ्याङ्क राखिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...