धनगढीबाट लागूऔषध सहित तीन जना पक्राउ

धनगढी- कैलालीको धनगढीमा लागूऔषध सहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-९ बाट १ ग्राम लागूऔषध सहित सोही ठाँउ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ शुक्रवार साँझ प्रहरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित फेला पारी तीनैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...