प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रको सुधारका लागि धनगढीमा दबाब र्‍याली

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा प्राज्ञिक बिद्यार्थी परिषदले शिक्षा क्षेत्रको सुधारका लागि दवाबमुलक र्‍याली निकालेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल धनगढी नगर कमिटीको आयोजनामा “ज्ञान शील एकता“ भन्ने मुल नाराको साथ राष्ट्रव्यापी शैक्षिक अभियान शिक्षाको समग्र सुधारका लागि विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्‍याली निकालेको हो ।

Ganyapdhura gau

शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद नेपाल धनगढी नगर कमिटीका अध्यक्ष गौरव भट्टको नेतृत्वमा उपस्थित सो संगठनका सचीव मणिराम चौलागाईं, विभिन्न स्कुलका विद्यार्थीहरु लगायत करिब ५०/६० जनाको सहभागितामा नाराहरु लगाउदै शिक्षा क्षेत्रको समग्र सुधार देशको समृद्धिको आधार, स्टुडेन्ट पावर नेसनल पावर, ठिक गर्छौ तीन काम प्रवेश परीक्षा परिमाण, नेपाल आमाको जय लगायतका नाराहरु लगाउदै बृहत् दबाब र्‍याली निकालेको हो । दवास र्‍याली धनगढीको एसपीए कलेजबाट सुरु भई धनगढी चौराहा सम्म पुगि कोण सभा गरि कार्यक्रम समापन गरिएको थियो ।

Couple
Loading...