सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा आवेदन खुल्यो

काठमाडौं – सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । त्यसैले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एकै दिन सार्वजनिक सूचना जारी गरी इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।

दुवै विश्वविद्यालयको भीसीका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ । आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।

Bhancha ghar0

गत मंगलबार शिक्षामन्त्री अशोक कुमार राई संयोजकत्वको छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि विज्ञापन गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक

Loading...