दार्चुलाको एक बोर्डिङ स्कुलमा आगलागी

दार्चुला- दार्चुलामा एसियन बोर्डिङ स्कुलमा आगलागी भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित बाल संगठनको कार्यालय तथा एसियन बोर्डिङ स्कुलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लाग्ने वित्तिकै खबर पाएपछि स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागी पूणर् नियन्त्रणमा आइसकेको भएपनि क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।

Loading...