राप्रपा क्षेत्र नं.४ ले गर्‍यो कार्यकर्ता भेटघाट तथा जनगुनासो संकलन कार्यक्रम

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.४ को आयोजनामा कार्यकर्ता भेटघाट तथा जनगुनासो संकलन कार्यक्रम गरिएको छ । कैलालीको अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा बुधबार भब्यताका साथ राप्रपा क्षेत्र नं.४ ले राष्ट्रियता, प्रजातन्त्र र उदारबाद भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Ganyapdhura gau

राप्रपा क्षेत्र नं.४ का अध्यक्ष प्रेम बोगटीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी राप्रपा का बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र रहनु भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि राप्रपा सुदूरपश्चिम प्रदेश प्रमुख धर्म राज जोशी रहेका थिए ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले राप्रपाको ३३ बर्से इतिहासमा बिधि केन्द्रित नभइ ब्यक्ति केन्द्रित भएको हुँदा पार्टीको नया बिधान अनुसार पार्टी विधान केन्द्रित हुने नागरिकहरुले बिबेक सिल भएर भोट हाल्न सक्दैनन त्यसैले पार्टीको दुइ तिहाइ बहुमत आउदैन उनले भने । ‘बहुमत न आउने हुँदा पार्टी शान्ति पुणर् आन्दोलनमा जान्छ । राप्रपाले संघियता खारेज गर्ने, बिग्यहरुबाट मन्त्री चयन गर्ने, सम्पति छानबिन गर्ने राजतन्त्र होइन राज संस्था सहितको हिन्दु राज्य ल्याउने आदिको लागी आन्दोलन गर्नेछ ।’ उनले भने, ‘समय सम्बन्धी अनुसासन सबै नेपालीले पालन गर्नुपर्छ । हाम्रो १ बजे भनिने कार्यक्रम ५ बजे सुरु हुन्छ । नेपालीहरु आफ्नो आँङको भैंसी न देख्ने अरुको आँङको जुम्रा देख्ने चरित्रका छन ।’

Dadeldhura hospital

‘राप्रपाले आफ्नो इतिहास र एजेण्डामा धेरै मेहनत गर्नु पर्दैन । हाम्रा लागी नेपाल उर्बर भूमि हो । पार्टीको बैचारिक स्पष्टता, पार्टी नियममा चलेको छ की छैन, आन्दोलन र आन्दोलन मा सहकार्य, नेताहरुको कार्य प्रतिको असन्तुष्टि इत्यादि कुराहरुमा ध्यान दिनुपर्ने देखिएको छ ।’ मुखमा धुलो भए ऐना पुछेर हुदैन भन्नु भयो । दुर्गा पर्साइ, कमल थापालाई पनि पार्टीमा ल्याउनु जरुरी भएको बताए । उनले बैदेशिक युबा पलायन रोक्न, युवाहरूलाइ कुलतबाट रोक्नु पर्नेमा सबैको सहयोग चाहिने बताए ।

बिशिष्ट अतिथि धर्म राज जोशीले पार्टीले नितिमुखि हुनु पर्ने नेता मुखि हुनु भएन राजेन्द्र लिङ्देन सबै पार्टीका भन्दा लोकप्रिय नेता हुन । उनि किराति धर्मको मान्छे भएर पनि हिन्दू राज्यको पक्ष्यमा छन । हाम्रो दुर्गा पर्साइ सँग ३ कुरामा असहमति छ । ३० लाख ऋण छुट गर्ने, राजा नभए आफै राजा बन्ने, आन्दोलन सफल नभए । राष्ट्रलाइ इन्डियामा जान दिने । त्यसैले उनलाई राप्रपामा ल्याउनु पर्ने बताए ।

पुर्व एस पि तथा प्रदेश कमिटीका सदस्य दुर्गा दत्त पन्त, प्रदेश कमिटीका अध्यक्ष धर्मराज जोशी, कैलास दाहाल, टेक राज ओझा, गगन कडायत, रोम जंग स्वार, जयराज धामी, राष्ट्रिय प्रजातन्त्रिक महिला केन्द्रीय सदस्य लक्ष्मी चन्द, कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र चन्द, कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङ, जनकुमारी गुरुङ, प्रदेश सभा सदस्य माननीय खेमा बिष्ट, केन्द्रीय सदस्य बिरेन्द्र बम, केन्द्रीय सदस्य पुस्कर दत्त भट्ट, केन्द्रीय सदस्य धन बहादुर साह, राप्रपा केन्द्रीय सहायक प्रबक्ता पुणर् बहादुर चन्द लगतयका वक्ताहरुले समसामहिक बिषयमा आ-आफ्नो मतब्य ब्यक्त गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा दिनेश कुमार रिजाल, रोबासि बडैला, लोबल सि बम, नारायण दत्त खत्री रहेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राप्रपा गोदावरीका अध्यक्ष दुर्गा कुमार पोख्ररेलले गरेको कार्यक्रमको संचालक राष्ट्रिय प्रजातन्त्रिक युबक संगठनका केन्द्रिय सदस्य सेर बहादुर शाहीले गरेका थिए ।

Couple
Loading...