अछामका एक युवकको करेन्ट लागेर मृत्यु

Bhancha ghar0

अछाम- अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पञ्देवल विनायक नगरपालिका-५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

उनलाई मंगलवार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...