गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाईन-डे’ धनगढीमा मनाउने

धनगढी- गायिका समीक्षा अधिकारीले यसपालीको ‘भ्यालेन्टाईन-डे’ धनगढीमा मनाउने भएकी छन् । धनगढीमा फागुन २ गते प्रेम दिवस अर्थात ‘भ्यालेन्टाईन-डे’ विशेष कार्यक्रम सहभागि हुन गायिक अधिकारी धनगढी आउँदै छन् ।

प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने कार्यक्रममा चर्चित गायिका अधिकारी र उमेश मुस्कान को समेत प्रस्तुति रहने भएको छ ।

प्रेम दिवस विशेष कार्यक्रम विशेष रूपमा मनाइने भएको हो । ३ सय र ५ सय टिकट रहेको छ । उक्त कार्यक्रममा ३ सय मा १ जना प्रवेश र ५ सयको टिकटमा जोडिहरुलाई प्रवेश रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम प्रायोजक वा सपोटरको रूपमा अमृत थापा र सञ्जिव खड्काको आरजे इन्टरप्राइजेज रहेको छ । साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । कार्यक्रम फागुन २ गते बेलुका ४ सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ ।

Loading...