बैतडीमा जिप दुर्घटना हुँदा २ जना घाइते

बैतडी- बैतडीमा जिप दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका-३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालक सुर्नया गाउँपालिका-५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन-३ का ३० वर्षीय धनीराज पन्त घाइते भएका हुन् ।

Bhancha ghar0

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमबिक्रम केसीले खोडपेबाट बोहोरी गाउँ तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप सोमबार बिहान ४ बजे दुर्घटनामा परेको जानकारी दिए । उक्त जिपमा चालक सहित दुई जना मात्रै सवार रहेको बताइएको छ ।

घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

Loading...