डडेल्धुरामा निस्सासिएर सासू-बुहारीको ज्यान गयो

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

Ganyapdhura gau

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए । उनका अनुसार मृतक दुबै सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

Couple
Loading...