पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तर-दक्षिण महाकाली राजमार्ग अन्तर्गत रहेका पुल मर्मत गरिँदै

कैलाली- कैलाली र कञ्चनपुरका मुख्य राजमार्गमा रहेका पुलको मर्मत गरि संरक्षण गर्न थालिएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग र उत्तर-दक्षिण महाकाली राजमार्ग अन्तर्गत कैलाली र कञ्चनपुरमा रहेका पक्की पुलको मर्मत गरी संरक्षण गर्न थालिएको हो ।

सडक विभाग पुल महाशाखाको विआइएमपी-२ कार्यक्रम अन्तर्गत महाकाली पुल योजनाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चिसापानी देखि गड्डाचौकी सम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो । २०५४/०५५ तिर निर्माण भएका पक्की पुलको हाल सम्म पूणर् मर्मत नहुँदा जीणर् बन्दै गएपछि मर्मत गर्न लागिएको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले हिमसगरमाथा कन्स्ट्रक्सन प्राली सँग १६ करोड ९३ लाख १८ हजार पाँच सय ३९ मा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताए ।

Dadeldhura hospital

लामो समय देखि राजमार्गका पुल मर्मत हुन नसकेको उनले बताए । कार्यक्रम अन्तर्गत पुल मर्मत गर्न थालिएपछि यसले पुललाई दिगो तथा भरपर्दो बनाउनाका साथै पुलको आयु बढ्ने र सडक सुरक्षामा पनि सुधार ल्याउन सहयोग पुग्ने उनले बताए । सूचना अधिकारी पन्तले सो कार्यक्रम अन्तर्गत पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य भइरहेको जानकारी दिए । पुलको सुरक्षाका लागि नदी नियन्त्रण अन्तर्गत तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

सडक सुरक्षा स्तरोन्नति लगायत सडक स्टड स्थापना, डब्लु-मेटल बीम ट्र्यास ब्यारियर, डेलिनेटर्स, पोष्ट, रोड मार्किङ र ट्राफिक चिन्ह राख्ने कार्य भइरहेको उनको भनाइ छ । सो कार्यक्रम अन्तर्गत पुल मर्मतका लागि हिमसगरमाथा कन्ट्रक्सनसँग गत असार २२ गते सम्झौता भएको थियो । इञ्जिनियर पन्तका अनुसार हालसम्म कार्यक्रमको भौतिक प्रगति ६० प्रतिशत छ भने वित्तीय प्रगति १८ प्रतिशत छ । मर्मत हुन थालेका पुलको कूल लम्बाइ १ हजार २ सय १८ मिटर छ ।

निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले निर्माणका लागि कार्यदेश पाएका बेला वर्षात्का कारण नदीजन्य पदार्थ पाउन मुस्किल भएकाले कममा केही विलम्ब भएको बताए । “पुल मर्मतका कार्य पूरा भइसकेको उनले बताए । कञ्चनपुरको दोदा,कैलालीका कान्द्रा, डोडा र मोहना नदी माथि रहेका पुल सुरक्षाका लागि तटबन्ध निर्माणको कार्य अगाडि बढाएको निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले बताए ।

ठेक्का बापतको कार्य गरे अनुसार समयमै रकम भुक्तानी हुन नसक्दा कार्य अगाडि बढाउन अप्ठ्यारो परेको सञ्चालक विष्टको भनाइ राखेका छन् । २०५६ अघि निर्माण भएका पुलको मुख्य मर्मत नभएको र सामान्य मात्रै भएको अवस्थामा जोखिम बढाएकाले मर्मत गरिने बताए । पुल मर्मत पछि यातायात आवतजावतको समस्या हल हुने र यात्रुलाई सास्ती खेप्नु नपर्ने अपेक्षा गरिएको छ ।

Loading...