सुदूरपश्चिम विश्वविद्यालयले चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन्।

Navadurga sun

आवेदन फाराम भरिसकेपछि मात्र दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षान्त शुल्क तथा गाउनरस्कार्फरटोपीको धरौटी बापतको शुल्क परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ।

दीक्षान्त शुल्क स्नातकका लागि १ हजार पाँच सय र स्नातकोत्तर तथा एम।फिलका लागि २/२ हजार तोकिएको छ। दीक्षान्त समारोहको विस्तृत जानकारी पछि प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...