डोटीको एक विद्यालयको छात्रवासमा आगलागी

Bhancha ghar0

डोटी- डोटीको एक विद्यालयको छात्रवासमा आगलागी भएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं. ५ नवकोट खड्सेराको नवदय माध्यमिक विद्यालयको छात्रवासमा आगलागी भएको हो ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार दुई तलाको ६ कोठाको छात्रवासको भवनमा विद्युतको तार सर्ट भएर आगो लागेको हो । मङ्गलवार बिहान प्रधानाध्यापकको कोठाबाट आगो सल्किएको प्रहरीले बताएको छ । आगलागीबाट कोठामा रहेको किताब, लत्ताकपडा, भाँडावर्तन र नगद सहित १ लाख ५ हजारको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

Loading...