होटलमा पानी छोएको निहुँमा डोटीमा दलितमाथि कुटपिट

डोटी- होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ । केआईसिंह गाउँपालिका-४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन् ।

केआईसिंह-४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए । ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् ।

Navadurga sun

पीडित रमेश भूलले आफुमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारवाहीमा जाने बताए। ‘पानी पिउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हानेँ,’ भूलले भने, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस् भन्दै थप कुटपिट भयो ।’

जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै वायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिंह भण्डारीले बताए। इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज असइ मान सिंह भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए ।

असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलकीपख आफुकहाँ आएका भए पनि सोमबार सिलगढी पठाएको बताए । प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन् । यद्यपि सामान्य घटना भन्दै गाउँमै सहमती गर्नका लागि पीडित पक्षलाई दबाब आइरहेको दलित अगुवा केआईसिंह-४ वायलका वसन्त विकले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...