प्रधानमन्त्री कपमा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी






काठमाडौं– सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । नेपालगञ्जमा मंगलवार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।


एपीएफ क्लबलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । सर्वोत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् ।



