कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ

अत्तरिया- कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं.५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागूऔषध (चरेस) सहित सोही ठाँउका ४५ वर्षीय रामनाथ राना मंगलवार पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो । रानाले चलाएको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई राखेको अबस्थामा चरेस फेला पारी मोटरसाईकल र उनलाईे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित गोदावरी वडा नं.३ का २५ वर्षीय सुरेन्द्र साउँद मंगलवार साँझ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले साउँदलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...