कर्मचारी आन्दोलित भएपछि विद्यालयमा तालाबन्दी

अछाम- जिल्लाकै चर्चित विद्यामन्दिर नमुना मावि विनायकमा तालाबन्दी भएको छ । जिल्लामा नमुना विद्यालयका रूपमा रहेको मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले हटाउने निणर्य गरे सँगै कर्मचारीहरू आन्दोलित भएर तालाबन्दी गरेको प्रधानाध्यापक पहल सिंह नेपालीले जानकारी दिए । बुधवार बिहानै अतिरिक्त कक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू तालाबन्दी भएपछि गेटबाटै घर फर्किएका छन् ।

तालाबन्दीका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । प्राविधिक सङ्कायतर्फ कृषि जेटिए र आइएसीएजी तर्फका कक्षाहरूमा विद्यार्थी भर्ना दर न्यून रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षक तथा कर्मचारी हटाउने निणर्य गरेको हो । विद्यालयका प्रधानाध्यापक पहल सिंह नेपालीका अनुसार विद्यालय व्यवस्थापन समितिको निणर्य विरुद्ध विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालयको गेटमा तालाबन्दी गरेका छन् ।

Navadurga sun

पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका विभिन्न निणर्यहरूका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा आलोचना हुने गरेका छन् । केही समय पहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यालयका विद्यार्थीलाई गेट बाहिर लिएर स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । यस्तै राष्ट्रपति रनिङ शील्ड छनौट प्रतियोगितामा विद्यामन्दिर नमुना माविले अपेक्षा अनुसारको खेलमा जित हासिल नगर्दा अभिभावकद्वारा विद्यालयका शिक्षकको आलोचना भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...