
डोटी- डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बडिकेदार गाउँपालिका-२ का एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।



सोहि पालिकाका २२ वर्षीय राजीवमास्की मगर पातलको भिरबाट करिब ७०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।




