सुदूरपश्चिम सरकारको लगानी सम्मेलनका लागि ५६ वटा परियोजनाको प्रारम्भिक सूची तयार

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनका लागि ५६ वटा परियोजनाको सूची तयार भएको छ । प्रदेश सरकारले फागुन २३ र २४ गते धनगढीमा गर्ने लगानी सम्मेलनका लागि ५६ परियोजनाको सूची तयार पारेको हो । मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्ता सहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ ।

Malpot office dadeldhura

यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजनाहरू सूची तयार पारेको हो । सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारका अनुसार प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको छ । उनले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको बताए ।

जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ । उद्योग व्यवसायी, बैङ्किङ क्षेत्र लगायतबाट अझै सम्भावित परियोजना माग गरिएको उनले बताए ।

प्रदेश सरकारले तयार पारेको सूची प्रारम्भिक भएकाले थपघट हुने उनले बताए । उनले परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियत लगायत विषयमा छलफल भएपछि ठोस निष्कर्षमा पुगिने जानकारी दिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...