


धनगढी– कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो ।


घोडाघोडी नगरपालिका-८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।





