बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते




बैतडी, २३ असार– बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ स्थित मेलौली-तितावै सडकखण्डमा मंगलबार राति से २ त २५८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।



दुर्घटनामा परी ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका वडा नं. ५ जेबलकट्टेका ३० वर्षीय राजबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।


दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय डबलबहादुर चन्द घाइते भएका छन् । ट्याक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नं.५ जोगबुढाका ४७ बर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ढलान गर्ने सामग्री बोकेको ट्याक्टरको ढाला पल्टिएको बताइएको छ । लोडकै कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।



