कृष्णपुर नगरपालिकामा १ दिन स्थानीय बिदा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा माघ २ गते १ दिन स्थानीय बिदा दिने निणर्य गरिएको छ । नगरपालिकाको पुस २९ गतेको नगर प्रमुख स्तरीय निणर्यबाट यस कृष्णपुर नगरपालिका क्षेत्रिभित्रका आदिवासी जनजातीहरुको महान चाड माघी पर्वको उपलक्ष्यमा १ दिन बिदा दिने निणर्य गरेको हो ।

Bhancha ghar0

माघी पर्वको अवसरमा २ गते नगरपालिका अन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालयहरुमा अति आवस्यकीय सेवा बाहेक स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर के.सी. द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Loading...