गठबन्धन सरकार पाँच वर्ष चल्छ : मन्त्री साउँद

बैतडी- परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । शनिवार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउँदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्ष सम्म चल्ने बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

निर्वाचनमा जानुपूर्व नै गठबन्धन बनाएर जनतामाझ गएर अनुमोदित भएको सरकार भएकाले गठबन्धनको सरकार पाँच वर्षसम्म ढुक्ककासाथ चल्ने बताए । ‘जनतामा गठबन्धन गरेर गयौं । महुमत पायौं । चुनावी प्रक्रियाबाट बहुमत पाएका हौं । माथि आएर गठबन्ध गरेका हैनौं । जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अन्कन्टक रुपमा चल्छ ।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउँदले गठबन्धन दिगो, भरपर्दो र स्थिरता दिने गठबन्धन भएको दाबी गरे।‘मन्त्री प्रधानमन्त्री फेरिन्छन, गठबन्धन टुट्दैन,ु उनले भने । मुलुकको आर्थिक विकास चुनौतीपूणर् रहेको र अर्थतन्त्रलाई दृष्टिगत गरेर सरकारले योजना ल्याउने पनि मन्त्री साउदले बताए ।

Couple
Loading...