


अत्तरिया- गोदावरी धाम बिकास समितीको आयोजनामा गोदावरी नगरपालिका ४ गोदावरी तिर्थस्थलमा पुस २९ गते देखि माघ १२ गते सम्म १२ राशी मकर मेलाको तयारी पुरा भएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देब राज जोशीले पुस २९ गते दिउँसो १ बजे मेलाको उद्घाटन गर्नुहुने भएको छ ।



गोदावरी धाम बिकास समितीका अध्यक्ष पदमराज जोशीले मेलाको अध्यक्षता गर्ने भएका छन् । १ गते बाट मकर राशि बालाहरुले स्नान गर्ने २ गते कुम्भ हँुदै १२ गते अन्तिम दिनमा धनु राशी वालाहरुले स्नान गर्ने छन । मेलाको लागी कुम्भ बाटिका सजाउने कार्य र कलश निर्माण पतंजली योग समिति अत्तरियाले गरेको छ ।



गोदावरी धाम बिकासका सहसचिव तथा मेला ब्यवस्थापन समितिका संयोजक दिपेन्द्र राज अबस्थीले नदीले काटेको कुम्भ बाटिका सम्म्याउने काम सडक बिभागले गरेको छ । स्नान कुण्ड र शिव मन्दिर जाने बाटो नेपाली सेनाले र बिजुली बत्ती गोदावरी नगरपालिकाले ब्यबस्थापन गरेका हुन् । खानेपानी र रँगरोगन कार्य पनि सिद्धिएको छ । अतिथिहरुलाई पत्राचारको कार्य पनि सिद्धिएकोले १२ रासि मकर मेलाको सम्पूणर् तयारी सिद्धिएको बताए ।
हिन्दू धर्ममा गोदावरी तिर्थ स्थललाइ पबित्र तिर्थ स्थलको रूप मानिन्छ । प्रत्येक बर्ष माघ १ गते स्नान गर्ने, कहिले कुम्भ मेला लगाउने, कहिले १२ राषी मेला लगाउदै आएका छन । तिर्थ ब्रत गर्दा पापबाट मुक्त हुने र धर्म हुने बिश्वास भक्तजनहरूमा रहदै आएको छ ।





