वेदकोट नगरपालिकाको १४ औँ नगर सभा तथा हिउँदे अधिवेशन

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाले बिहीबार १४औँ नगर सभा तथा हिउँदे अधिवेशन गरेको छ । वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको सभाध्यक्षतामा आयोजित नगर सभाबाट नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरिएका छन् ।

सभाबाट विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजी साझेदारी विधेयक २०८० पारित गरिएका छन् । सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठुलो लगानीका योजना निर्माणका लागि सङ्घीय सरकारसँग माग गर्ने निर्णय पारित गरिएको छ ।

Bhancha ghar0

नगर सभाबाट दैजी-जोगबुडा सडक, सुडा–मुसेपानी–गैरखान सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसमक्ष पहल गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, वेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्र खड्काको असामयिक निधन प्रति शोक प्रस्ताव पारित गर्दै उहाँ प्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरी मौन धारण गरिएको थियो ।

Loading...