अत्तरियामा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

Dadeldhura hospital

अत्तरिया, २२ असार– कैलालीको अत्तरियामा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । सोमबार दिउँसो गोदावरी नगरपालिकाको वडा नम्बर २ स्थित पहाड रोडमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको थियो । अन्दाजी ४५ बर्षीया ती पुरुषको नाम र ठेगाना खुलेको छैन ।

सडकको छेउमा अपरिचित पुरुष बेहोस अवस्थामा रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि धनगढी पठाएको थियो । उनको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...