धनगढीको एक फर्ममा आगलागी हुँदा ६ लाखको क्षति

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी हुँदा ६ लाखको क्षति भएको छ । धनगढी उपमहानगरपालिका-१३ एकता टोल स्थित जंग बहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो ।

आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...