पुनर्बाहाली पछि वडा नं.१ का अध्यक्ष भट्टले सम्हाले कार्यभार

अत्तरिया, २१ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शर्मानन्द भट्टले पुनः कार्यभार सम्हालेका छन् । सर्बोच्च अदालतले पुनः बहाली गर्न आदेश दिएसंगै उनले सोमबारवाट पुनः कार्यभार सम्हालेका हुन् । माओवादी केन्द्रबाट निर्वाचित उनी एमालेमा प्रवेश गरेको भन्दै पद गुमेको थिए ।

Dadeldhura hospital

गोदावरी नगरपालिका प्रबक्ता समेत रहेका उनले पद गुगेपछि सर्बोच्चमा रिट निबेदन दिएका थिए । गत शुक्रवार सर्बोच्च अदालतले उनी सहित माओवादी केन्द्रबाट निर्वाचित कैलालीका अन्य ४ जनप्रतिनिधिहरुलाई पुन बहाली गर्न आदेश दिएको थियो ।

Navadurga sun
Godawari sandesh

काठमाण्डौमा रहेका वडा अध्यक्ष भट्ट अत्तरिया फर्किए लगत्तै आफ्नो कार्यभार सम्हालेका हुन् । उनलाई वडा नं. १ संगै गोदावरी नगरबासीले टिका र खादा लगाएर स्वागत समेत गरेका थिए ।

Loading...