कञ्चनपुरमा केही खुकुलो गरी निषेधाज्ञा असार मसान्तसम्म थप (जारी आदेश सहित)

कञ्चनपुर, २१ असार- विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा बैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः १० दिन थप गरी असार मसान्तसम्म कायम गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकबाट गरिएका निणर्यको आधारमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरी असार ३१ गते राति १२ बजेसम्म केही खुकुलो गरी निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

पाण्डेका अनुसार स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय निर्बाध रूपमा साबिकको जस्तै र अन्य पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने छ । कञ्चनपुर जिल्लाभर सबै प्रकारका सवारी साधनहरू बिहान ६ देखि बेलुका ७ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने तर जिल्ला बाहिरका जाने सवारी साधनहरूको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने बताइएको छ । एम्बुलेन्स र मालवाहक साधन जस्ता अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

Dadeldhura hospital

सार्वजनिक सेवा प्रवाह गर्ने सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्था, गैरसरकारी संघसंस्था तथा सहकारी लगायत अन्य निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्ने गरी आलोपालो वा बार प्रणाली वा टोकन प्रणाली वा कोटा निर्धारण जस्ता उपयुक्त विधि अपनाई सो को पूर्व सूचना गरी सेवा प्रवाह गर्नुपर्ने छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको अवज्ञा गर्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:

Loading...