एकै गाउँका १९ जनामा कोरोना संक्रमण हुँदा गाउँ नै सिल

बैतडी, २१ असार- बैतडीको एक गाउँका १९ जनामा कोरोना संक्रमण देखिइदा गाउँ नै सिल गरिएको छ । दोगडाकेदार गाउँपालिका वडा नं. ७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हुँदा उक्त गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त गाउँलाई एक हप्ताका लागि सिल गर्ने निणर्य गरेको हो ।

Dadeldhura hospital

संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मको लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिए । सिल भएको अवधिमा उक्त गाउँमा आवतजावतमा पूणर् रुपमा रोक लगाइएको छ ।

Navadurga sun
Godawari sandesh

उक्त गाउँका करिब ८० जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताए ।  जिल्लाभरि सक्रिय संक्रमित संख्या ८९ रहेको छ । कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ ।

Loading...