डोटीको एक घरमा आगलागी हुँदा अन्दाजी ३ लाखको क्षति

Bhancha ghar0

डोटी- डोटीको एक घरमा आगलागी भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका-७ गजेडा चौका टोल बस्ने प्रेमबहादुर दमाईको दुई तले ८ कोठे घरमा खाना पकाउने चुलोबाट अचानक बुधवार आगलागी भएको हो ।

आगलागी हुँदा घरको माथिल्लो तला जली पूणर् रुपमा क्षेती भएको छ । घर भित्र रहेका अन्नपात, भाँडा बर्तन, सोलार पाता, काठ, फर्निचर, लत्ता कपडा, नगद लगायत अन्दाजी ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ । उक्त आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...