आफुअनुकुल विदा बस्ने कर्मचारीको तलब काटिने

डडेल्धुरा- डडेल्धुराको एक गाउँपालिकाले अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको छ । जिल्लाको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने जनाएको हो ।

Bhancha ghar0

अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निणर्य भएको गाउँपालिकाका प्रवक्ता बिर बहादुर बोहराले बताए ।

गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नु पर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले जानकारी दिए ।

Loading...