धनगढीको एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

धनगढी- धनगढीको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका-१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...